शर्माद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण




प्रिय धन–

चोरमारा , १० साउन –





नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका २ कोल्हुवा निवासी श्रीधर शर्माले त्रिवेणी कोरल सडक मार्गको द्रुत विस्तारका लागि सुझाव सहितको ज्ञापन पत्र प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाउनु भएको छ  । 

 

मंगलबार प्रधानमन्त्रीको निजी निवासमा पुगी ज्ञापन पत्र बुझाएको शर्माले जानकारी दिनुभयो ।

 शर्मा चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व सदस्य समेत हुनुहुन्छ । गण्डकी प्रदेश सरकारको प्राथमिकतामा पारेको त्रिवेणी कोरल सडकमार्ग  नेपाल हुँदै छिमेकी राष्ट्रहरु भारत र चीन जोड़ने मार्ग हो ।

 

हुलाकी मार्ग नामाकारण गरिएको सो सडक खण्डको डी पी आर तैयार गरि केहि कार्य भईसकेपछि  चितवन राष्ट्रिय निकुन्ज, मध्यवर्ती क्षेत्र बाधक बनेको छ । 

 

सो निकुन्ज अन्तरगतको झण्डै २२ किलोमिटर क्षेत्रमा सडक बनाउनु पर्ने थियो तर निकुन्जले आफ्नो क्षेत्र हुँदै सडक मार्ग बनाउन नमिल्ने भन्दै सडक आयोजनालाई पत्र लेखेपछि सडक निर्माणको काम अहिले ठप्प भएको छ  ।  

 

सोही सन्दर्भमा श्रीधर शर्माले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको हो  । 

शर्माले मन्त्री परिषदबाट निर्णय गरि राज पत्रमा सूचना प्रकाशन गरि मध्यवर्ती क्षेत्रलाई अन्य क्षेत्रको जग्गा उपलब्ध गराएर पनि सडक विस्तारको काम अगाडी बढ़ाउन मिल्ने विकल्प सहितको सुझाव दिएको शर्माले बताउनुभयो ।


साथै ज्ञापनपत्रमा नारायणी नदी कटान जग्गाको क्षतिपूर्ति , सीमात्कृत बोटे, माझी, मुसहरका लागि बजेटमै आरक्षण , उद्योग , क़ृषि तथा पशुफर्म  स्थापनामा कठिनाई , घरायसी प्रयोजनमा ढुंगा , गिट्टी , बालुवाको प्रयोगमा कठिनाई , पर्यटन तथा जलयात्रा गतिविधि , मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण लगायतका  विषय समेटिएको शर्माले जानकारी फिनुभयो ।


कानूनी सुझाव सहितको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उक्त विषयप्रति गम्भीरता प्रकट गरेको शर्माले दावी गर्नुभयो ।


साथै कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रीधर शर्माले सफा ,  शुद्ध तथा निरन्तर खानेपानीको आपूर्तिका लागि संस्थालाई थप सहयोग गर्न समेत आग्रह गर्नुभएको छ  ।

 



सम्बन्धित
Loading...