कावासोतीमा युवाहरुका लागि १५् दिने सिमुलक तालिम




कावासोती ।  यूवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले नवलपुरको कावासोतीमा पन्ध्र दिने सिप मुलक तालिम सुरु भएको छ ।

 




चौधरी फाउण्डेशन र सिजी पोलिटेक्नीकको आयोजना तथा कालिगण्डकी प्राविधिक शिक्षालयको सहआयोजनामा उक्त तालिम संञ्चालन गरिएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरि उद्घाट गरिएको छ । 

 

उद्घाटन कार्यक्रममा मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रबहादुर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले चौधरी फाउण्डेशनले यूवाहरुका लाग प्रदान गरेको तालिम उपयुक्त रहेको बताए ।

 

उनँले यो तालिमले यूवाहरुलाई सिप प्रदान गर्ने र सिकेको सिप स्वदेशमै प्रयोग गर्न पाउने वातावरण मिलाएको बताउनुभयो । रानाले तालिम धेरै लामो अवधिको भन्दा छोटोमा राम्रो संग ज्ञान लिन सकियो भने उपयुक्त हुने बताए ।

 

कावासोती नगरपालिकाका विभिन्न वडामा रहेका यूवाहरुmलाई पोलिटेक्नीक र चौधरी फाउण्डेशनले प्लम्बिङ्ग सम्बन्धि तालिम प्रदान गरेको । तालिमको उद्घाट कार्यक्रममा मध्यविन्दु नगरपालिकाका पूर्व उपप्रमुख ओमकुमारी महतोको विशेष आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा बोल्दै महतोले अहिलेको वर्तमान समयमा सिप नै महत्वपूर्ण रहेको बताउदै चौधरी फाउण्डेशले यस्ता तालिमहरुलाई अझै व्यापक बनाउनु पर्ने बताए ।

 

उनले प्लम्बिङ्गको माग बढ्दो रहेको बताउदै यसले यूवाहरुमा स्वरोजगारको वातावरण सृजना गर्न मद्दत पु¥याउने बताए ।

 

कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष कोसराज कार्की र वडा नम्बर १४ का जिवन चौधरीको पनि विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुले प्रदान गरिएको तालिममा सहभागि भएर मात्र नभइ सिकेका सिपलाई व्यवहारिकतामा उतार्न आवस्यक रहेको समेत बताए ।

 

तामिका सहआयोजक कालिगण्डकी प्राविधिक शिक्षालय कावासोतीका निर्देशक रामचन्द्र भण्डारीले लिएको तालिमको महत्व बुझेर तालिमको ज्ञानलाई कर्ममा प्रयोग गर्नुपर्ने बताउदै चौधरी ग्रुपको लोगो विश्वका जुन स्थानमा पनि सहजरुमा स्वीकार्ने बताउदै चौधरी फाउण्डेशन र सिजी पोलिटेक्नीकले प्रदान गरेको यो तालिम उपयुक्त र जिवन उपयोगि रहेन बताए ।

 

तालिमका बारेमा सिजी पोलिटेक्नीकलका प्रिन्सिपल शिवहरी ढकालले प्रष्ट पारेका  थिए ।  उनले तालिममा सहभागिहरुलाई प्लम्बिङ्गका बारेमा प्रदान गरिने विषयहरुको बारेमा कसरी अध्ययन गर्ने बारे जानकारी गराएका थिए ।

तालिमको उद्घाटन कार्यक्रममको चौधरी ग्रुपका सिएसआर अधिकृत गोविन्द रेग्मीेले सहजिकरण गरेका थिए ।  बुधवारबाट सुरु भएको तालिम पन्ध्र दिन सम्म संञ्चालन हुने छ । तालिममा २० जनाको सहभागिता रहेको थयो ।

 

 

https://www.youtube.com/watch?v=yUrZqvZ4Cwk



सम्बन्धित
Loading...