सरावलमा बाध्यवादन भजन तालिम




पश्चिम नवलपरासीको सरावल गाउपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीले आफ्नो पालिकालाई सगिंतको माध्यमबाट चिनाउने बताएका छन ।

बुधबार बैदिक धर्म परिषद नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले आयोजना गरेको १५ दिने बाध्यबाधन भजन तालिममा बोल्दै उनले पालिका भित्र भौतीक विकासको संगसंगै धर्म, सस्कृती र सगिंतको पनि विकास गर्ने बताए ।




उनले मानिसले जति पनि धन सम्पति कमाएपनि उसलाई आनन्दित र खुसी बनाउने माध्यम नै सगिंत रहेकाले सरावल गाउपालिकाले यस क्षेत्रमा योजना बनाएरै काम गर्ने बताए ।

परिषदका जिल्ला अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा तालिम सुरु भएको हो । सो अवसरमा सरावल गाउपालिकाकी उपाध्यक्ष बासमति हरिजन, देवेन्द्र शर्मा, पेउनारायण न्यौपाने, भिमा न्यौपाने, लगाएतले मन्तब्य राखेका थिए ।

१५ दिन सम्म तालिममा लोक जी मिजारले प्रशिक्षण दिने छन ।

 

कार्यक्रम बैदिक धर्म परिषद ओम कारेश्वर शिव पचांग मन्दिर जिल्ला कार्यालय सरावल १ बासाबसहीमा सुरु भएको छ ।



सम्बन्धित
Loading...