नवलपुरमा बलियो महिला अभियान सुरु

नवलपुर । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले पूर्वी नवलपरासीमा बलियो महिला अभियान सुरु गरिएको छ ।
बलियो नेपाल संस्था र चौधरी फाउण्डेशनले उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका बिस भन्दा बढि महिलाहरुलाई केक,पाउरोटी(बेकरी) तथा लिटो बनाउने तालिम प्रदान गरिने जनाइएको छ ।
आइतवार गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतम, बलियो नेपालका सिइयो डाक्टर अतुल उपाध्याय र चौधरी फाउण्डेशनको तर्फबाट फाउण्डेशनकी कोषाध्यक्ष सारीका चौधरीले अभियानको उद्घाट गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले महिलाहरुका लागि आयोजना गरएको यो अभियानले महिलाहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने बताए ।
महिला उद्यमी भए समाज, गाउँ र राष्ट्र आर्थिक दृष्टीले बलियो र सबल हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै चौधरी फउण्डेशनकी कोषाध्यक्ष सारीका चौधरीले फाउण्डेशनले महिलाहरुलाई उद्यमी बनाउन सिकाउने अभियानमा रहेको बताए ।
उनले बलियो महिला कार्यक्रममा महिलाहरु घरै बसेर उद्यमी भइ आर्थिक आर्जन गर्न सकोस भन्ने नै मुख्य उद्देश्य रहेको बताए ।
अभियान उद्घाटन कार्यक्रममा मध्यवन्दु नगरपालिकाका पूर्व नगर उपप्रमुख ओमकुमारी महतोले महिलाहरुले पनि धेरै काम गर्न सक्छन तर उनिहरुलाई अवसर नहुदा बाध्यताले खुम्चिन परेको बताऐ ।
यस्तै कार्यक्रममा बलियो नेपालका तर्फबाट सिइयो डा.अतुल उपाध्यायले बलियो नेपालले विशेष गरेर निम्न स्तरका महिलाहरु जो केवल श्रीमानको भरमा मात्र आफ्नो घर र आफ्नो खर्च चलाउछन त्यस्ता महिलाहरुलाई सिप प्रदान गरि उनिहरुलाई उद्दमी बनाउने अभियानमा रहेको बताए ।
बलियो महिला उद्घाटन कार्यक्रममा आफूहरुले यहाँ सिकेका तालिमलाई व्यवहारमा उतारि महिलाहरुले केहि गर्न सकोस भन्ने उद्देश्य राखी तालिममा सबल बनाएर पठाइने प्रशिक्षक एवं खाद्य बैज्ञानीक हुमा बोक्खीमले बताए ।
आयोजित अभियानको उद्घाटन कार्यक्रममा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे , मध्यविन्दु नगरपालिकाका पूर्व उपप्रमुख ओमकुमारी महतो, खाद्य बैज्ञानीक हुमा बोक्खीम, स्मीता गुरुङ , पत्रकार लगाएतको उपस्थीत रहेको थियो ।
आफुहरुलाई सिप प्रदान गरेको र पाएको सिपलाई व्यवहारमा उतार्ने गरि आफुहरु लाग्ने तालिममा सहभागि महिलाहरुले बताए । कार्यक्रमको सहजीकरण हरि अधिकारीले गर्नुभएको थियो ।
एक साता सम्म संञ्चालन हुने तालिममा स्थानिय महिलाहरुले बेकरी र घरमै उत्पादन गर्न सक्ने लिटो बनाउन सिक्ने छन ।

https://www.youtube.com/watch?v=y0z1GhH25gA