नवलपुरको पाउरोटी उद्योगमा प्रशासनको छापाः सञ्चालक पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको प्रगतीनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुुगमन समितिले छापा हानेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुगमन टोलिले पाउरोटी उद्योगम शुक्रबार साँझ छापा हानेको हो ।
अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरिक्षक भिमसेन घिमिरे सहितको प्रहरीको टोलीले पाउरोटी उद्योगका संचालक रवी अहमदलाई पक्राउ गरेको छ ।
सो क्रममा उद्योगमा रहेको २२ बोरा मैदा, बेकरी, पाउरोटी, समोसा र क्रिमरोल समेत बरामद गरिएको छ ।
जुगुनु उद्योगलाई पटक पटक आफूले उत्पादन गरेको खाद्यवस्तुमा उत्पादित मिति, उद्योगको नाम, खाद्य वस्तुको उपयोग मिति, बजार मूल्य राख्न प्रशासन र घरेलु तया साना उद्योगले सचेत गराउँदै आए पनि अटेर गरेपछि उसलाई नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको हो ।
बजार अनुगमनको क्रममा जुगुनु पाइरोटी उद्योगबाट उत्पादिन विभिन्न प्रकारका पाउरोटीहरु कुनै उत्पादित मिति, उद्योगको नाम, खाद्य वस्तुको उपयोग मिति, बजार मूल्य नराखी बजारमा पठाउने गरेको पाइएको छ ।