नवलपुरमा दुर्घटनामा ४ जना घाइते



रामकुमार श्रेष्ठ —



नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १६ ४० किलोमिटर भन्ने जंगलमा पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको कर्णाली प्र.०२–००१ ख ०४४५ न.को ट्रक र बिपरित दिशाबाट तर्फ जाँदै गरेको बाग्मति प्र.–०३–००१ च १३४१ न. बलेरो एकआपसमा ठक्कर खाँदा ट्रक चालक दैलेख जिल्लाको दुलु नगरपालिका ४ बस्ने वर्ष २८ को दिपेन्द्र बि.क. र ट्रकमा सवार कालिकोट तिलुगंगा नगरपालिका ७ बस्ने वर्ष ९ को सुजन भण्डारी घाइते भएका हुन् ।




घाइते दुवै जनाको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुरको गैडाकोट नगरपालिका २ ईन्टेक्स चोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको लु १ च ४६९९ नं. को बोलेरो जिप र पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५० प १२०७ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक नवलपुरको गैडाकोट नगरपालिका ४ बस्ने बर्ष १९ को हेमराज राना र मोटरसाइकलमा पछाडि सवार बर्ष २० को संगम थापा घाइते भएका छन् ।

दुवै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।



सम्बन्धित
Loading...