गण्डक बाँधका ३६ वटै ढोका खोलियो, नारायणीमा पानीको बहाव बढ्दो [अपडेट]




नवीन पौडेल –

परासी — लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो ।




नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब छ ।

तटिय क्षेत्रका स्थानीयलाई सर्तक हुन र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।

नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।



सम्बन्धित
Loading...