गठबन्धन जिल्ला सम्पर्क कार्यालय कावासाेतीमा




नवलपरासी । पांच दलीय गठबन्धन पूर्वी नवलपरासीले निर्वाचन गतिबिधि अघि बढाउन कावासातीमा जिल्ला सम्पर्क कार्यालय खाेलेकाे छ ।

लाेकतान्त्रिक-बाम गठबन्धन निर्वाचन परिचालन समिति, नवलपुर नामक जिल्ला सम्पर्क कार्यालय कावासाेती थाना चाेक पश्चिम राजमार्गकाे उत्तरमा रहेकाे छ ।




कार्यालयकाे नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं क्षेत्र नं.१का संघीय उम्मेदवार डा.शशांक काईरालाले रिवन काटेर उदघाटन गर्नु भयाे ।
उद्घाटनका अवसरमा डा. काेईरालाले हैकमबादी प्रबृत्तिकाे अन्त्य र मुलुककाे समृद्धि र प्राप्त लागि सबै तिक्तता बिर्सदै एकजुट भएर गठबन्धन दलका उमेदबारहरू लाई जिताउनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का संघीय उम्मेदबार बिष्णु कुमार कार्की, नेपाली कांग्रेस जिल्ला सभापति एवं क्षेत्र नं.१ प्रदेश क उम्मेदवार महेन्द्रध्वज जिसी प्रदेश ख, उम्मेद्वार माओबादी केन्द्रका लाेकप्रसाद भूर्तेलले मन्तब्य राख्नु भएकाे थियाे ।

उदघाटन कार्यक्रममा क्षेत्र नं.२ प्रदेश क, उम्मेदवार सौगम सिरपाली, समानुपातिक उम्मेदवार माेती रिजाल, गठबन्धन समन्वय समिति सदस्य गणेशमान महताे लगायतले शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।

कार्यक्रममा समानुपातिक उम्मेदवार बिना थनेत,गजेन्द्र आले, एकनारायण अधिकारी, पूर्ण थापा, भरत तिवारी,तारा कुमाल, माओबादी केन्द्र बै.केन्द्रीय सदस्य किशन शर्मा, जिल्ला ईन्चार्ज मित्र शरण शर्मा लगायत गठबन्धनका पांचै दलका जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरूकाे उपस्थिती रहेकाे थियाे ।

गठबन्धन दल जिल्ला समन्वय समिति संयाेजक तथा काग्रेस संघीय समानुपातिक उम्मेदवार हेमराज काेईरालाकाे सभापतित्वमा आयाेजित उदघाटन कार्यक्रमकाे संचालन माओबादी केन्द्र नवलपुर जिल्ला अध्यक्ष धनप्रसाद सापकाेटाले गर्नु भएकाे थियाे ।



सम्बन्धित
Loading...