तिलक महत घरदैलोमा व्यस्तः कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह

चोरमारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतले गठबन्धनले गरेको भ्रमको खेति जनताले बुझेको बताएका छन् ।
आइतबार मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६ र ७ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम पछि भएका कोणसभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको नेतृत्वमा भएका कामको जस लिन गठबन्धनका उम्मेदवार र तिनका कार्यकर्ताले गरेका भ्रमबारे जनता सजक रहेको बताए ।
उनले मतदान गर्नुपूर्व एमाले नेतृत्वको तिन वर्ष र गठबन्धन नेतृत्वको दुई वर्षमा भएका विकास निर्माण र प्रगतिको मुल्यांकन गरेर मतदान गर्न मतदातालाई आग्रह गरे ।
उनले नेकपा एमालेले विगत देखि जित्दै आएको नवलपुर क्षेत्र नंं २ मा सत्ता शक्ति र सम्पत्तीको आडमा विजयी हुने दिवा सपना नदेख्न समेत प्रतिस्पर्धी उम्मेदवारलाई चेतावनी दिए ।