१९ हजार ७ सय मतका साथ म विजयी हुन्छुः स्वतन्त्र उम्मेदवार काफ्ले




रामकुमार श्रेष्ठ –

नवलपुर । पूर्वी नवलपरासीको नवलपुर क्षेत्र नं. १ ख का प्रदेश सभाका एक मात्र स्वतन्त्र उम्मेदवार चोकनारायण काफ्लेले आफू १९ हजार ७ सय मतका साथ विजयी हुने दावी गरेका छन् ।




कलाकार एवम् खेलाडी समेत रहेका काफ्ले होटल व्यवसायी समेत हुन् । चुनाव चिन्ह धारा चिन्ह लिएर चुनावी मैदानमा होमिएका काफ्लेले आफ्नो प्रमुख प्रतिप्रर्धा एमाले र गठबन्धनसँग हुने दावी गर्दै आफ्नो जित निश्चित रहेको बताए ।

विहीबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । काफ्ले शनिबार पनि घरदैलो तथा भेटघाटमा व्यस्त छन् ।

उनले भने – एमाले र गठबन्धनका उम्मेदवारले ९ देखि १३ हजार मत पाउने हुन् मैले १९ हजार बढी पाउँछु । मेरो जित निश्चित छ ।



सम्बन्धित
Loading...