नवलपुरमा ५० जना अपाङ्गलाई सहायक सामग्री वितरण


रामकुमार श्रेष्ठ —



नवलपुर । सामाजिक विकास कार्यालय नवलपुरले नवलपुरका ५० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ ।

यस आर्थिक बर्षमा नवलपुर जिल्लामा सामाजिक विकास कार्यालयले अहिलेसम्म ५० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख ज्ञानप्रसाद भुसालले बनाए ।




भुसालका अनुसार शुक्रबार मात्र ३ जना अपाङ्गलाई ह्वील चियर वितरण गरिएको छ । सामाजिक विकास कार्यालय नवलपुरले अहिलेसम्म १९ जनालाई ह्वील चियर, १७ जनालाई सेतो छडी, २ जनालाई बैशाखी, ३ जनालाई कम्बोट, २ जनालाई वाकर, ६ जनलाई सिलोट र ३ जनालाई स्टाइलस वितरण गरिएको हो ।

नवलपुरमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत सहायक सामग्री ल्याइ वितरण गरिएको उनले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुले आवश्यक कागजपत्र सहित सामाजिक विकास कार्यालयमा निवेदन दिनासाथ सहायक सामग्री वितरण गर्ने गरिएको छ ।



सम्बन्धित
Loading...