कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने
कावासोती । कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने भएको छ । कार्यक्रममा करिब १ सय जना साइक्लिङ्ग सहभागी हुने भएका छन् । कावासोतीमा करिब ५० किलोमिटर साइक्लिङ्ग गर्ने भएको आयाेजक संस्था कावासाेती साईक्लिङ ग्रूपका अध्यक्ष ज्याेती श्रेष्ठ बताए । कार्यक्रम नर्मदेश्वर शिवालय मन्दिरबाट शुरु हुने बताइएको छ ।
प्रत्येक वर्ष असार महिनाको तेस्रो शनिबार नेपालका बिभिन्न स्थानहरु लगायत बिदेशमा समेत सोही दिन पारी वार्षिक रुपमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ कार्यक्रम यस बर्ष पनि कावासोती साइक्लिङ ग्रुपले आम नेपालीहरुलाई साइकल पर्यटन बारे अझ धेरै जानकारी होस् भन्ने उद्देश्यका साथ नवलपुर जिल्लाको कावासोतीमा यही असार ३० गते शनिबारका दिन आयोजना गर्ने भएको काेषाध्यक्ष मदन क्षेत्री बस्नेतले बताए।
उक्त दिन सो कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरुले नगरमा रहेको बिभिन्न प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरु लाई घडी को दिशा मा परिक्रमा गरी ५० किलो मिटरको यात्रा पुरा गर्ने छ र साइकल यात्राको शुभारम्भ कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिर अगाडिबाट गरिने छ ।
कुनै पनि पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ।
अधिकारिक रुपमा दर्ता भएका सहभागीहरुको संख्याको आधारमा नवलपुरको कावासोती काठमाडौं र भक्तपुर पछी तेश्रो स्थानमा रहेको छ । यस बर्ष ूकोरा साइक्लिङ च्यालेन्ज २०२३ू कावासोती लगायत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौंडा, पोखरा, दमक, बिर्तामोडरझापा, नेपालगन्ज, धरान, लम्जुङ, महेन्द्र नगर, दाङ, उदयपुर, गाइघाट, बिराटनगर, बिरगन्ज, धनगढी, बुटवल, बारा लगायत अमेरिका, क्यानाडा र कस्सेलमा एकै साथ आयोजना हुँदैछ ।