कपिलवस्तुमा २ पत्रकार सम्मानित


चन्द्राैटा/कपिलवस्तु, २९ असार ।



कपिलवस्तुकाे विजयनगर गाउँपालिकाबाट पत्रकार घनश्याम भर र सुशील गैरे सम्मानित भएका छन् । बिहीबार खुरुहुरियामा पालिकाले आयाेजना गरेकाे दाेस्राे गाउँसभाकाे अधिवेशन कार्यक्रममा उनीहरू सम्मानित भएका हुन् ।

गाउँपालिकामा भएका गतिविधिलाई प्रभावकारी याेगदान पुर्‍याएकाे भन्दै पत्रकार भर र ग‌ैरे उत्कृष्ट पत्रकारीता पुरुस्कारबाट नगद १०/१० हजारसहित सम्मान पत्र र खादाले सम्मानित भएकाे गाउँपालिकाले जनाएको छ ।




पत्रकार भर रेडियो विजयनगरकाे समाचार प्रमुखसहित राष्ट्रिय पत्र लगायत अनलाइन मिडियामा आबद्ध छन् । भने पत्रकार गैरे राजधानी दैनिक पत्रिका र इमेज टेलिभिजनमासहित बुद्धभूमि अनलाइन पत्रिकामा कार्यरत रहेका सक्रिय मिडियाकर्मीकाे रुपमा चिनिएका छन् ।



सम्बन्धित
Loading...