नवलपुरका मिटर ब्याजी पीडितले पीडक रास्वपाका प्रदेश उपसभापति माया भण्डारीकाे घर घेरे


नवलपुर । नवलपुरका मिटर ब्याजी पीडितहरूले पीडकहरूकाे घर घेराउ अभियान थालेका छन् ।


पीडककाे घर घेराउ आन्दाेलनलाई सघाउन आज कावासाेतीमा नवलपुरका राजनीतिक दलहरू बीच आयोजना गरेकाे अन्तरक्रिया उनीहरूले घर घेराउ आन्दाेलनकाे तयारीमा लागेकाे बताए लगतै घर घेराउ अभियान शुरू गरेका हुन् ।

कार्यक्रममा सहभागी दलका नेताहरूले मिटरब्याजी पीडितहरूकाे आन्दाेलनलाई सघाउने प्रतिबद्धता जनाएका थिए ।




कार्यक्रम पछि मिटरब्याजी पीडितहरूले कावासाेती २ निवासी माया भण्डारीकाे माया प्लाजा अगाडि घर घेराउ गरेका हुन्। उनीहरूले भण्डारीकाे घर अगाडि केही बेर नाराबाजी समेत लगाएका थिए ।

मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समितिका संयाेजक गाेमा घिमिरेले अब देखि नवलपुरका मिटरब्याजी पीडितहरूले दिनहूँ जसाे घर घेराउ गर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका किसान शर्मा गैरे, नेकपा मालेका जिल्ला अध्यक्ष लाेकनाथ काफ्ले, नेपाल आदिबासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ लगायतले धारणा राखेका थिए ।



सम्बन्धित
Loading...