गुल्मीका एक युवाको भारतमा रेल दुर्घटनामा मृत्यु

गुल्मी , मङ्सिर १८ ।
गत बिहीवार दिउँसो करिव १२ बजेतिर भारतको महाराष्ट्र स्थित रेल यात्राका क्रममा दुर्घटनामा परेका गुल्मी पराल्मि घर भएका अन्दाजी २० बर्षिय चित्रबहादुर पाच्याको हिजो उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मि स्थित यमबहादुर पाच्याका छोरा चित्रबहादुर गत बिहीवार महाराष्ट्रको उल्लास नगर स्थित रेलको लिकमा बेहोस अबस्थामा भेटिएका थिए । उनको हिजो मृत्यु भएको जानकारी आएको त्यस वडाध्यक्ष त्यस वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिएका हुन ।
त्यस दिन उनि रेल्को लिकमा दुर्घटनामा परेको जानकारीमा आए पछि प्रवासि नेपाली सम्पर्क विभाग महाराष्ट्रका सभापति राज रोकाय, उल्लास नगर समिति शभापयि शंकर बिक , प्रबक्ता खबत बिश्वकर्मा लगायतका नेपालीहरुले रेल्वे पुलिसको सहयोगमा उल्लास नगरको सेन्ट्रल हस्पिटलमा पुराएका थिए ।
घटनास्थल देखि अस्पताल सम्म रहेका गुल्मी कै छत्रकोट गाउँपालिका- ३ धरमपानीका बिष्णु गौतमले उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जानकारी दिएका छ्न ।
सभापति रोकायले खोजतलास गर्दै जादा साढे दुई घण्टा पछि महाराष्ट्र मै रहेका घाइतेका बाबु यमबहादुरलाई सम्पर्कमा ल्याएको गौतमले बताए । घाइतेका छिमेकी पराल्मिका सुशील सुर्यबन्शिका अनुसार एक बर्ष अघि उनिहरु बाबु छोरा भारतको रोजगारीमा गएका थिए ।
गाउँमा गणेश भनेर चिनिने चित्रबहादुर पुना भन्ने ठाउँमा रेलमा जादै थिए । उनि रेल बाट आफै खसे वा खसाईयो ? भन्ने बारे आफन्जन स्पष्ट हुन सकेका छैन्न । उनिहरुले छानवीनका लागि प्रवासि नेपाली संघ सस्थाहरु संघ आग्रह गरेका छ्न ।