आफैले बाेकेकाे भरूवा बन्दुक पड्किएर पाल्पामा १ जनाकाे निधन


आफैंले बोकेको भरुवा बन्दुक पड्किएर पाल्पाको मित्यालमा एक जनाको मृत्यु भएको छ ।



पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङ डाँडा बस्ने ४८ वर्षीय डम्बरबहादुर सारूको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।​

अन्न बाली खान आएको दुम्सीलाई मार्न बारीमा पुगेका सारू चिप्लिएर लडेपछि आफैंले बोकेको बन्दुक पड्किँदा घाइते भएका थिए ।




भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएका सारूलाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार बन्दुकको छर्राले सारूको घुँडामाथि लागेको थियो ।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक र भिर्ने झोला बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...