त्रिवेणी नाका खोल्ने मुख्यमन्त्रीलाई नवलपुरका जनप्रतिनिधिको माग

नवलपरासी ५ माघ ।
दाेश्राे पञ्चवर्षीय याेजना २०८१/०८६ तर्जुमा सम्वन्धमा सराेकारवालासंग छलफल कार्यक्रम बिहीबार नवलपरासी पूर्वमा सम्पन्न भयाे ।
कार्यक्रमकाे गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नु भयाे ।
छलफल कार्यक्रममा आर्थिक मामिला मन्त्री जीत प्रकाश आले, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, प्रदेश सांसदहरू तथा प्रदेश याेजना आयाेग उपाध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।
गण्डकी प्रदेश नीति तथा याेजना आयाेग पाेखराकाे आयाेजनामा सुरू भएकाे छलफल कार्यक्रममा अघिल्लो याेजनाका प्रगति र आगामी याेजनका कार्यदिशा माथि छलफल गरिएकाे हाे ।
छलफलमा प्रदेश सांसद,स्थानीय निकायका प्रमुखहरू,सरकारी गैह्र सरकारी निकायका पदाधिकारले जिल्लाकाे बिकास याेजनामा समावेस गर्नु पर्ने बिषयहरूकाे उठान गरेका थिए ।
याेजनामा नयाँ सदरमुकामका लागि भवन निर्माण,खहरे खाेलाहरूले कटान नियन्त्रण,त्रिवेणी नाका खाेल्न जनप्रतिनिधिले सुझाव पेश गरेका थिए ।