नवलपुरमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते

नवलपुर – पूर्वी नवलपरासीमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति पाैने नाै बजे मध्यविन्दु नगरपालिका ७ कालिका चाेक स्थित भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ चोरमाराबाट धजाहातर्फ जाँदै गरेको बा.प्र.-००३-००१ ख ४६७ नम्बरको बसले बिपरित दिशाबाट आँउदै गरेको ना ६५ प ३३१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाईकल चालक मध्यविन्दु – १ पतवारी बस्ने बर्ष ४५ को बाबुराम महतो र माेटर पछाडि सवार बर्ष ३५ की किसान कुमारी चौधरी गम्भीर घाईते भएका छन् ।
घाईते दुवै जनाकाे मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकाे छ ।
ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेकाे प्रहरीले जनाएकाे छ ।