‘न्यायालयले नै छिनोफानो गर्छ’: निर्वाण चौधरी, उद्योगपति

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । यद्यपि, उनीहरु डेढ महिनाअघि नै हाजिरी जमानीमा रिहा भैसकेका छन् ।
केही दिनअघि उद्योगी विनोद चौधरीलाई सीआइबीले वयान लिइसकेको छ । शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ ।
सोही प्रकरणलाई लिएर उद्योगपति विनोद चौधरीका छोरा तथा चौधरी ग्रूपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन् ।
शनिवार सामाजिक सञ्जालमार्फत उनले उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन् । निर्वाणले युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन भन्ने प्रश्न पनि गरेका छन् ।
‘आज राजनीति स्टन्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्म–मन्थन गरौं,’ निर्वाणले फेसबुकमा लेखेका छन् । चौधरी ग्रूपका प्रवन्ध निर्देशकसमेत रहेका निर्वाणले देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्वपूर्ण भूमिका खेल्ने मिडिया जगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन् ।
निर्वाण चौधरीको भनाइ जस्ताको त्यस्तै
