हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर । झापाको शिबसताक्षी नगरपालिका ११ को उत्तरी क्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार साँझ जङ्गली हात्तीको आक्रमणबाट शिवशताक्षी ११ निवासी पवित्रा भेटवालको निधन भएको हो ।
घटनामा उनका श्रीमान् दिलीप भेटवाल घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय झापा मा जङ्गली हात्तीको आक्रमणबाट धनजनको क्षति हुने गरेको छ ।