सिमलताल दुर्घटनाः नवलपुर र चितवनको नाराराणी नदीमा भेटिएका ५ जनाकै सनाखत




रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको गैंडाकोट र चितवनको गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि भएको छ । दुवै सिमलताल दुर्घटनामा परेका यात्रुहरु रहेको समेत पुष्टि भएको छ ।

नवलपुरको गैँडाकोट ९ थुम्सी स्थित नारायणी नदीमा आज भेटिएको शवको सनाखत भएको नवलपुर प्रहरीले जनाएको छ ।




उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ । भारत बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने बर्ष ४० को सजाद अन्सारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

काठमान्डौ कलङ्कीमा व्यवसाय गरी बस्ने अन्सारी बा।प्र।०३(००६ ख १५१६ नं को बसमा बिरगन्जबाट काठमान्डौ जाँदै थिए । उक्त बस दुर्घटनामा परेका यात्रुमध्ये तीन जनाको शव नवलपुरमा भेटिएको छ ।

यसअघि शनिबार दुई जनाको शव गैँडाकोट नगरपालिका ७ गैरीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको थियो । चितवनको गोलाघाटमा पनि हिजो १ जना र आज १ जना गरी दुई जनाको शव भेटिएको छ ।

नदीले शवहरु बगाएर नवलपुरसम्म पुर्याएपछि प्रहरीले खोजीलाई निरन्तरता दिएको छ ।

त्यसैगरी चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् ।

भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ ।

ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् । वेपत्ता भएकाहरुमध्ये हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको शव भेटिएको हो ।



सम्बन्धित
Loading...