सिमलताल पहिरोः १ महिला सहित १४ जनाको शव फेला, ६ जनाको सनाखत हुन बाँकी




रामकुमार श्रेष्ठ –
नवलपरासी । चितवनको सिमलताल पहिरोमा परी त्रिशुली नदीमा खसेको २ वटा बसमा रहेका यात्रुहरु मध्ये आजसाँझ ८ बजेसम्म १४ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज नवलपुरको त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा थप २ जनाको शव भेटिएको हो । यो सँगै दुर्घटनामा परी ज्यान गुमाएका मध्ये १४ जनाको शव भेटिएको छ ।




आज अन्दाजी १२÷१३ बर्षीय बालक र ३०÷३५ बर्षीय पुरुषको शव फेला परेको हो । शव भेटिएका १४ जना मध्ये ८ जनाको सनाखत भएको छ भने ६ जनाको अझै सनाखत हुन सकेको छैन ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र गणपति डिलक्सको बागमती प्रदेश ०३–००१ ख– २४९५ नम्बरको बस चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाएर वेपत्ता भएको थियो । २ वटा बसमा गरेर ६५ जना यात्रु रहेको अनुमान गरिए पनि वेपत्ता बस र कयौं यात्रुहरु अझै फेला पर्न सकेका छैनन ।

अहिलेसम्म पूर्वी नवलपरासीमा १० जना, चितवनमा ३ जना र पश्चिम नवलपरासीमा १ जना गरी १४ जनाको शव भेटिएको छ । शव भेटिएका मध्ये सर्लाही जिल्लाको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसुर माझी, चितवन जिल्लाको माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भरतपुर महानगरपालिका २२ निवासी २३ बर्षीय सुदीप विक, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल साह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, र रौतहटको जमुनामाई गाउँपालिका ४ निवासी राहुम मियाको सनाखत भएको छ ।

४ जना पुरुष, १ जना महिला र १ जना बालक गरी ६ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

२ वटा बसमा रहेको यात्रुहरुको विवरण

अहिलेसम्म भेटिएका शवको विवरण



सम्बन्धित
Loading...