नारायणीमा हराएका शब खोज्न सेना परिचालन




५ दिनअघिदेखि चितवनको सिमलतालवाट बेपत्ता भएका शब खोज्न पूर्वी नवलपरासीमा पहिलो पल्ट मंगलवार सेना परिचालन गरिएको छ ।

पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा बगेका शब खोज्न मोटरबोट सहित मंगलवार सेना परिचालन गरिएको जानकारी दिए ।




कावासोतीमा रहेको सेनाको वन तथा पर्यावरण निर्देशनालय अन्तरगतको कमान्डामा चितवन निकुन्ज र यहाको अमलटारीमा रहेको सेनालाई प्राबिधिक जनशक्ति सहित परिचालन गरिएको हो ।

वस्ती नभएको स्थानमा स्थानियको निगरानी हुननसक्ने भएकाले त्यस्ता क्षेत्रमा सेमत सैनिक टोलि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीले सुनाए ।

चितवन तर्फपनि त्यसरी नै सेना खटाइएको छ । यस अघि सेनाले प्रहरीलाई सघाउदै अँएको थियो । सेनाको प्राबिधिक जनशक्ति सहित २ वटा मोटरवोटवाट नारायणीको भेलामा (फिल्डमा) सेना तैनाथ गरिएको हो ।

दुर्घटना भएको ५ दिन बितिसक्दापनि नारायणीको भेलमा लौराको भरमा शब खोज्ने गरेको भन्दै ब्यापक बिरोध भएपछि जिल्ला प्रशासनले पहिलो पटक यो जिल्लामा शब खोज्न सेनको छुटटै टोलि खटाएको हो ।

यस अघि सेनाले प्रहरीको खोजतलाश टोलिलाई सघाउदै अँएको थियो । सेनाकै कमाण्डमा खोजतलाशकालागि नारायणी नदीमा सेना खटिएएको हो । चितवनको सिमलतालवाट बगेका शब नारायणीमा आउने भएकाले खोजतालश प्रभाकारी बनाउन सेना खटाइएको हो ।

। नारायणीमा बेपत्ता भएका र मृतकका परिवारलाई चितवनमा खाने बस्ने ब्यबस्था गरिएको छ ।

होटल संघ चितवनले मृतकका परिवारलाई खाने बस्ने ब्यबस्था निशुल्क गरेको त्यहाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

। मोटरवोट र पैदल समेत सैनिक टोलिले काम गर्ने छ प्रजिअ पोखरेलले भने भारतिय समकक्षिसंग पनि शब खोज्न सघाउन आबस्यक समन्वय भैरहेको छ ।

नारायणी हुदै बग्ने बस्तु त्रिवेणी हुदै भारतको बिहार र उत्तर प्रदेश सम्म पुग्ने गर्छ ।



सम्बन्धित
Loading...