पुरानो मेडिकलको तेस्रो तलाबाट हाम फालेका नवलपुरका वृद्धको उपचारको क्रममा मृत्यु

पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।
मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते पिसाब थैलीको क्यान्सर सम्बन्धी उपचारका लागि नवलपरासीको हुक्सेकोट गाउँपालिका-२ का ७६ वर्षीय बलबहादुर खाम्चा अस्पतालमा भर्ना भएका थिए।
बुधबार बिहान १०;४० बजे अस्पतालको ‘ए’ ब्लकको तेस्रो तल्लाको झ्यालबाट खसेका उनलाई तत्काल उपचारका लागि सोही अस्पतालको इमरजेन्सी कक्षमा पुर्याइएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।