आदिवासी जनजातिका अधिकार सवालमा जनजातिहरू एक हुनु पर्नेमा जाेड




नवलपुर । आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नका लागि जनजातिहरू एक हुनु पर्नेमा जाेड दिएका छन् ।

आज ३० औं विश्वआदिवासी दिवसकाे अवसरमा नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नवलपुर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा आदिवासी जनजातिका अधिकारका सवालमा आज कावासाेतीमा आयोजित अन्तरक्रियामा यस्ताे जाेड दिएका हुन् ।




यसैबीच आदिवासीहरुको अधिकारका लागि आदिवासी नै एक महत्वपूर्ण शक्ति भएको गण्डकी प्रदेश सभा सदस्य विन्दु पहारीले बताएकी छन् । शुक्रबार ३० औ विश्व आदिवासी स्थापना दिवसको अवसरमा बोल्दै सदस्य पहारीले सडकदेखि सदनसम्मको आदिवासीहरुको संघर्ष राज्यले सम्वोधन गर्नुपर्नेमा जोड दिए ।

सदस्य पहारीले गण्डकी प्रदेशको हकमा आदिवासी जनजाति भाग्यमानी समुदायमा पर्ने भन्दै यहाँ सवैभन्दा पहिला आदिवासी समुदायको बाहुल्यता भएको प्रदेशमा पहिलो प्राथमिकतामा आदिवासी जनजाति भएको जिकिर गरे । उनले यसमा आदिवासी जनजाति भित्र नै एकता नहुँदा यस समुदायको माग पूर्ण सम्वोधन हुन नसकेको समेत दावी गरे ।

त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले जातीय अधिकारको अभियानमा कुनै राजनितिक पार्टीले प्रभाव पार्न नहुने जिकिर गरे। उनले विभेदपूर्ण विचार र ब्यवहार परिवर्तन नभएसम्म देशले समानता ल्याउन नसक्ने दावी समेत गरे ।

त्यसैगरी जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषाल, उपप्रमुख फुलकुमारी थनेत लगायत अन्य राजनितिक दलका प्रतिनिधि तथा जातीय संगठनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले संविद्यानमा लेखिए बमोजिम समानता कार्यान्वय हुन नसक्नु गम्भीर विषय भएको बताए।

त्यसैगरी कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसादभुषाल र नगर उपप्रमुख फुलकुमारी थनेतले आदिवासी जनजातिहरुका लागि नगरपालिकाले विभिन्न शिर्षक र विषय संग सम्वन्धी सम्वोधन गदै आएको र पछिल्ला समयहरुमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रमका अध्यक्ष राम कुमार श्रेष्ठले आदिवासी समदायको हितका लागि सवै निकायले सम्वोधन गर्नुपर्ने र यसका लागि महासंघ लागि पर्ने समेत बताए ।

कार्यक्रममा विभिन्न जातीय भातृ संगठनका प्रतिधिनिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन आदिवासी जनजाति महासंघ नवलपुरका सचिव मदन कुमालले सञ्चालन गरेका थिए।

कार्यक्रममा जनता समाज पार्टीका केन्द्रीय सदस्य छविलाल राना, नेकपा एसका गणेशमान महताे, नेपाल मगर संघका केन्द्रीय सदस्य देवीसरा पुलामी, नेपाल दराई उत्थान समाजका जिल्ला अध्यक्ष गाैतम दराई, फाेनिज नवलपुरका संस्थापक अध्यक्ष केवी राना लगायतले शुभकामना मन्तव्य राखेका थिए भने महिला महासंघका जिल्ला अध्यक्ष ज्याेति दराईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनजाति महासंघ नवलपुरका निवर्तमान अध्यक्ष राम तामाङले आदिवासी जनजातिकाे पछिल्लाे अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबीच फाेनिज नवलपुरले २५ औं स्थापना दिवसकाे अवसरमा शनिबार कावासाेतीमा पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएकाे छ ।



सम्बन्धित
Loading...