दाउन्नेका भासिएको सडक अझै बनेन भोलिसम्ममा मर्मत दुईतर्फी सञ्चालनमा आउने




नवलपुर । पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत कार्य आज पुरा हुन नसकेपछि भोलि फेरि बनाइने भएको छ ।

आज दिउँसो २ बजेसम्म सक्ने आकलनका साथ काम गरिएपनि सोझेभन्दा बढी काम गर्न परेपछि आज पूर्ण रुपमा मर्मत कार्य नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।



२ बजेसम्म काम नसकिएपछि जाम भएर रोकिएका सवारी साधनहरुलाई एक÷एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गर्दै गरिएको पौडेलले बताए ।

राति भने सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकोले काम नगरिने उनले बताए । राति अबेर काम गर्न नसकिने अवस्था भएपछि एकतर्फीरुपमा रातभरि पूरा समय सवारी साधन सञ्चालनमा आउने छ भने भोलि विहानैबाट पुन काम गरेर भोलिसम्ममा दुई तर्फी यातायात सञ्चालनमा आउने पौडेलले बताए ।


सम्बन्धित
Loading...