रुखको हाँगा भाँचिदा बारामा मोटरसाईकलमा सवार एकको मृत्यु दुई घाईते




बारा –

बाराको निजगढ नगरपालिका ११ मा भूरकोट जातको रुखको हाँगा भाँचिदा मोटर एकको मृत्यु भएको छ भने दुई जना घाईतो भएका छन ।




मंगलबार दिउँसो करिब तिन बजे निजगढ नगरपालिका १० स्थित लालगाँउबाट रतनपुर जादै गरेको प्र २–०२–०१७ प ९६३५ नम्बरको मोटरसाईकलमाथि रुखको हाँगा भाचिदा मोटरसाईकलमा तिनजना सबार मध्य निजगढ नगरपालिका ११ का सुमन बम्जनको श्रीमती २२ वर्षिया अस्मिता मुक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक अस्मिताको रुखको हाँगा भाँचिदा टाउकोमा चोट लागेको कारण मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिए ।

रुखको हाँगा भाचिएर लाग्दा मोटरसाईकलका निजगढ नगरपालिका ११ निवासी १८ वर्षिय सन्देश बम्जन र मोटरसाईकलमा सवार रहेका निजगढ नगरपालिका ११ निवासी २२ वर्षिया बिनिता भुलोन घाईते भएका छन ।

घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुति गृह अस्पताल र मुहमदीन मेडिकलमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...