समीक्षा अधिकारीको अफिसियल गीत सार्वजनिक (भिडिओ)





गायिका समीक्षा अधिकारीको प्रस्तुतिमा ‘के हेरेको टुलु टुलु’ बोलको गीत सार्वजनिक भएको छ।

उनले बुधबार आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएकी हुन्। खेम सेञ्चुरीको संगीत रहेको गीतका शब्द नेत्र अर्यालका हुन्। श्यामस्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका हुन्।


भिडिओमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन्। डान्सिङ नम्बरको गीतलाई गम्भीर विष्टले निर्देशन, शुभम भुजेलले कोरियोग्राफी गरेका हुन्। भिडिओमा गायिका समीक्षा पनि फिचर्ड छिन्।

पवन सुस्लिङले भिडिओको छायांकन एवं सम्पादन गरेका हुन्।

समीक्षाले झण्डै ६ महिनापछि अफिसियल गीत ल्याएकी हुन्।



सम्बन्धित
Loading...