कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते




सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

 




बसमा सवार २६ जना घाइते भएको उनको भनाइ छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।

 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



सम्बन्धित
Loading...