नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छः सांसद पौडेल

कावासोती –
गन्डकी प्रदेश सभा सदस्य एबम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताएका छन् ।
शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा आयोजित तिज पर्वः मौलिकता , सस्कृती , बिकृती र प्रवृत्ति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पौडेलले नयाँ पुस्तालाई तिजको महत्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिने बताएका हुन् । उनले भनिन् – युवा साथिहरुलाई हामिले तिजको धार्मिक , एतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आबश्यक छ । त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ ।
पर्व मान्ने नाममा धनी र गरिव को बिचमा भिन्नता देखिन नहुनेमा उनको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ओमकला गौतमले कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि बिकृती भित्रन सहयोग पुगेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताए । उनले तिजमा बिकृती आएको बताउँदै यसलाई रोक्नु पर्नेमा जोड दिए । उनले भनिन् – परम्परासंगै आएका कु–संस्कारलाई भने त्याग्दै जानू पर्छ ।
कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले अन्तरक्रियाको बिषयबस्तु माथि प्रकाश पारेका थिए ।
तिजको मौलिक सस्कृती बिकृती र प्रवृत्तिका बारेमा आफ्नो धारणा सहित बिषय प्रबेश गराउँदै भुसालले तिजको मौलिकता र सस्कृती संरक्षणमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुली , शैक्षिक व्यक्तित्व एबम् सिदार्थ आमाविका प्राचार्य भोजराज दाहाल, प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गा बिष्ट लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्राली र सेन्ट्रल कलेजले सहकार्य गरेका थिए ।
्
जनप्रतिनिधि , महिला अगुवाहरु , सामाजिक ब्यक्तित्वहरु , टोलसुधार समितिका प्रतिनिधिहरु , विभिन्न स्कुल र कलेजका विद्यार्थीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पत्रकार दिपेन्द्र रेग्मीले गरेका थिए ।