अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने कावासोतीका गिरी पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा कावासोती १७ निवासी ३९ बर्षीय प्रितम गिरीलाई पक्राउ गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गिरीले विभिन्न व्यक्तिहरुबाट १ करोड बढी ठगिगरेको पाइएको छ ।
गिरीलाई वैदेसिक रोजगार ठगी सम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागले गरेको परिपत्रको आधारमा पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाईको छ ।
उनलाई आज गैडाकोट २ भृकुटी चोकमा लुकिछिपी बसेको अवस्थामा गैडाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।