गैडाकाेटमा बसकाे ठक्करबाट ७ बर्षीय बालककाे घटना स्थलमै निधन, १ जना घाईते



रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरकाे गैडाकाेटमा अहिले राति बसकाे ठक्करबाट एक जना बालककाे घटना स्थलमै निधन भएकाे छ ।



गैडाकाेट १० भैसाखाेरीमा गैडाकाेटबाट कावासाेतीकाे लागि छुटेकाे ग ७ ख २५२५ नम्बरकाे बसले पैदलयात्रीलाई ठक्कर दिंदा १ जनाकाे निधन भएकाे हाे भने १ जना गम्भीर घाईते भएकाे छन् ।

बसकमे ठक्करबाट गैडाकाेट ११ निवासी पुष्पराज श्रेष्ठका ७ बर्षीय छाेरा विशाल श्रेष्ठकाे घटना स्थलमै निधन भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले बताए ।




त्यसैगरी बसकाे ठक्करबाट बालकका मामाघरका हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ बर्षीया श्रीमाया मानन्धर गम्भीर घाईते भएका छन् ।

उनकाे टाउकाे र पेटमा चाेट लागेकाे छ । घाईतेकाे पुरानो मेडिकल कलेज भरतपुर उपचारकाे लागि पठाइएको छ । शव घटनास्थलमा रहेको र ठक्कर दिने सवारी साधन र चालक कावसोती २ बस्ने बर्ष ४० को मधू पौडेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ ।

 



सम्बन्धित
Loading...