नवलपरासीमा रुखले च्यापेर महिलाको मृत्यु





रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा रुखले च्यापेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार नवलपरासीको सरावल गाउँपालिका १ निवासी विशाल चौधरीकी २७ बर्षीया श्रीमती पार्वती चौधरीको रुखले च्यापेर निधन भएको हो ।


सालबासको सृष्टी सामुदायिक वन भित्र रहेको घोलामा श्रीमान श्रीमती मिलेर माछा मार्ने गएको बेला सुकेको सिसौंको सुकेको रुख ढली च्यापेर श्रीमती गम्भीर घाइते भएको र उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता नवलपुरको कावासोती ६ प्रगतिचोकमा हिजो साँझ चट्याङ्ग लागेर एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चट्याङ्ग लागेर कावासोती ६ निवासी २५ बर्षीया प्रिति बि.क. घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको छ ।

चट्याङ्गले गर्दा कावासोती ६ प्रगतिचोक चित्र बि.क को घरमा एउटा टेलिभिजन, ४ वटा पंखा, एउटा फ्रिज र मिटरबक्समा क्षति पुर्याएको छ । त्यसैगरी एउटा भैसी पनि समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तैगरी कावासोती ६ कै कृष्ण बि.क.को घरमा मिटर बक्स, विद्युतीय तारहरु, २ वटा सिलिङ पंखामा क्षति भएको छ ।

त्यसैगरी सुजन पोखरेलको ६ वटा सिसि टिभि, एउटा मोनिटर र २ वटा फोकस लाईटमा क्षति पु¥याएको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...