नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु


 



नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ को विनयी खोलामा पौडी खेलने क्रममा डुबेर एक जनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज दिउँसो विनयी खोलामा पौडी खेल्न गएका बौदीकाली गाउँपालिका ४ रिठ्ठे निवासी २६ बर्षीय ज्ञानबहादुर सोमैको पौडी खेल्ने क्रममा निधन भएको हो ।




३ जना साथीहरुसँगै पौडी खेल्न गएको उनी पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएपछि उनीसँगै गएको साथीहरुले खबर गरेका थिए ।
दिउँसो १२ बजे वेपत्ता भएका उनी साढे १ बजेतिर पानी माथि मृत अवस्थामा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...