नवलपुरका गायक संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा (भिडियो सहित)





नवलपुर । नवलपुरको गैडाकोट १४ नगर टाँडी निवासी गायक संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा आएको छ । यो गीतलाई कावासोतीको डिटिएम मिडियाले आज बजारमा ल्याएको हो ।

यो गीतको आज कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरिएको हो । श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको छ भने गायक संजय देवकोटा र चर्चित गायिका ऐलिन चौहानले श्वर दिएका छन् ।


गायक संजय देवकोटा स्वयमले पनि यस गीतमा मोडलको भूमिका निर्वाह गरेका छन् भने चर्चित गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ गीतमा मोडलका भूमिका निर्वाह गरेका छन् ।

गीतमा एचबिएन किस्मत संगीत संयोजन, संजय विश्वकर्मा निर्देशन, अर्जुन कंडेलको सहनिर्देशन गरेका गीतको छायांकन सुरेश काफ्ले र आरडि दुलालले गरेको प्रोडक्सन म्यानेजर दिप काफ्लेले बताए ।

प्रिमियम कार्यक्रमका यहाँका सामाजिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व तथा पत्रकारहरुको सहभागिता रहेको थियो । प्रिमियम कार्यक्रममा गायक संजय देवकोटाका बुवा पशुपति देवकोटा र प्रोडक्सन म्यानेजर दिप काफ्ले बुवा प्रेम काफ्लेको उपस्थितिमा गरिएको हो । यो गीतको छायांकन नवलपुर र चितवन आसपास गरिएको हो ।



सम्बन्धित
Loading...