सुकुम्बासीहरुलाई जग्गा धनि लालपूर्जा वितरणको तयारीमा कावासोती नगरपालिका




कावासोती ।  नवलपुरको कावासोती नगरपालिकाले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरु गर्ने भएको छ ।

कावासोती नगरपालिकाका भूमि इकाई प्रमुख पवन रुपाखेतीका अनुसार कावासोती ४ बाट जग्गा धनि लालपूर्जा वितरण शुरु गरिने छ । जसका लागि पहिलो चरणमा वितरण गरिने लालपूर्जा तयारीका लागि मालपोत कार्यालयमा सम्पूर्ण अभिलेख पुगेको छ ।

त्यसपछि कावासोती १, कावासोती ८, कावासोती ३ लगायतका क्षेत्रको जग्गा धनि लालपूर्जा वितरण गरिने छ ।

यसैबीच कावासोती नगरपालिकाले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलनका लागि सूचना पनि जारी गरेको छ ।


सम्बन्धित
Loading...