नदीमा डुबी नवलपुरमा २ जनाको मृत्यु




नवलपुरको मध्यविन्दु १४ बतासमा निवासी ४५ बर्षीय टोप बहादुर सिंजाली मगर घरदेखि केही पर अरुणखोलाको नदी किनारमा मृत फेला परेका छन् ।

सिंजाली मगर नदी किनारमा पानीमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।




त्यसैगरी नवलपुरको गैडाकोट ५ राधाकृष्ण मन्दिर निवासी ४० बर्षीया सुकमाया बोटेको नारायणी नदीमा डुबी मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणी नदीमा माछा मार्न गएका बोटे नदीमा डुबी वेपत्ता भएको र खोजी गर्ने क्रममा मृत फेला परेको हो ।



सम्बन्धित
Loading...