गैडाकोटमा चट्याङ लागेर एक जना घाइते




नवलपुर ।
गैडाकोट नगरपालिका वडा नं. ३ महेशखोलास्थित काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्र्याक्टर चालक मिलन गिरी चट्याङ लागेर घाइते भएका छन्।


आइतबार साँझ करिब ६:३५ बजे परेको चट्याङबाट गिरी घाइते भई उपचारका लागि तत्काल भरतपुरस्थित सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
धादिङको ठाक्रे गाउँपालिका–४ स्थायी वतन भई हाल गैडाकोट–३ मा बसोबास गर्दै आएका ३३ वर्षीय गिरीलाई चट्याङ लागेपनि बाहिरी चोटपटक नदेखिएको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित
Loading...