गैडाकोटमा खोलामा डुबी २ जना किशोरको मृत्यु

रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ जना किशोरको निधन भएको छ ।
नवलपुरको गैडाकोट नगरपालिका ३ केलादी स्थितमा रहेको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको खोलामा डुबेर सोमबार दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका ८ निवासी १६ बर्षीय प्रमिशन पाठक र भरतपुर महानगरपालिका ४ धर्मचोक निवासी १६ बर्षीय शिशिर पन्तको निधन भएको हो ।
उनीहरुसँगै पौडी खेल्न गएका साथीहरुले खबर गरेपछि प्रहरीले शव घटना स्थलबाट निकालि पोष्टमार्टमका लागि पठाउने तयारी गरिरहेको जनाएको छ ।
घटना स्थल गैडाकोट बजारबाट ९ किलोमिटर उत्तरतर्फ पहाडि इलाकामा पर्दछ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।