नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला

नवलपुरको मध्यविन्दु नगरपालिका २ बगुवन नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेकोछ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज मध्यबिन्दु १२ बगुवन नजिकै नारायणी नदिको किनारमा अ.४०÷४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको हो ।
उक्त शव नदिको किनारमा पानीमा तैरिएको घोप्टो अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा राखिएको छ ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।