माछा मार्न गएका पुरुष नारायणीमा वेपत्ता

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष गएरातिदेखि नारायणी नदीमा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैडाकोट ७ निवासी ४० बर्षीय काइला भनेर चिनिने यमलाल दराई नदीमा वेपत्ता भएका हुन् ।
अन्य दुई जना साथी सँग माछा मार्न गएका दराई नदीमा डुबी वेपत्ता भएको र अहिलेसम्म खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।
हिजो अबेरसम्म खोजी गर्दा फेला नपरेपछि आज विहानैबाट पुन खोजी कार्य शुरु गरिएको हो । तथापि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।