नवलपुरमा मोटरसाईकल दूर्घटना, दुईको मृत्यु




नवलपरासी १३ जेठ ।

नवलपुरको मध्यविन्दु नगरपालिका स्थित अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ गंभीर घाईते भएका छन् ।




जिल्ला प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अुनसार दुर्घटनामा परि मृत्यु हुनमा मध्यविन्दु ७ चोरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमाल रहेका छन् ।

त्यसैगरी नवलपरासी पश्चिम बर्दघाट ५ घरभई चोरमारामा टायल मार्वलको काम गरि बस्ने २८ वर्षीय मनिष घर्ती मगरको अवस्था गंभीर रहेकोले थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।
उनका अनुसार उत्तर अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको ३ जना सवार लु ९ प ८११६ नम्वरको होन्डा साईन मोटरसाईकलका चालकले चिप्लो सडकमा नियन्त्रण गुमाउँदा उक्त दूर्घटना भएको हो ।

बिहान ६ बजे भित्री सडकमा भएको उक्त दूर्घटनाका घाईतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याईएकोमा ६ः३० बजे चिकित्सकले २ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।



सम्बन्धित
Loading...