कावासोतीमा आगलागी २० लाख बराबरको क्षति 




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको कावासोती १७ ढोकीमा आज साँझ आगलागी भएको छ । कावासोती १७ ढोकी स्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली भएको हो ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आगलागीबाट २० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विद्युत सर्ट भई आलगागी भएको र आगो स्थानीय बासिन्दा, कावासोती नगरपालिकाको दमकल, प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...