दाउन्नेमा राति ११ बजेदेखि ६ ठाउँमा एकतर्फी यातायात सञ्चालन

नवलपुर । गएराति परेको पानीले पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड एकतर्फी भएको छ ।
पानीको कारण गएरातिदेखि दाउन्नेको सडक हिजो र चिप्लो भएको कारण राति ११ बजेदेखि ६ ठाउँमा एकतर्फी यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
उहाँका अनुसार चाइना स्टेट कम्पनीले कल्भर्ड निर्माण, सडक ढलान गरेका ठाउँहरु ६ ठाउँमा एकतर्फी रहेको र त्यसमाथि हिलो र चिप्लोले गाडी पास हुन गाह्रो भएको छ ।
पूर्वबाट पश्चिम जाने र पश्चिमबाट पूर्व आउने सबै सवारी साधनलाई आलोपालो गराएर पास भईरहेको र सवारी साधनको लामो जाम रहेको प्रहरीले जनाएको छ ।
अहिले बर्दघाटबाट कावासोतीसम्म आउन वा कावासोतीबाट बर्दघाटसम्म जान १२ घण्टासम्म लाग्ने गरेको छ ।