गिरुवारी खोलाको पुल मर्मत पछि सञ्चालनमा




रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक खण्डको चोरमाराको गिरुवारी खोलामा भाँचिएको पुल आज साँझबाट सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार आज साँझ ६ बजेबाट यातायात सञ्चालनमा आएको हो ।




पुल मर्मतको काम सकिए पछि आज साँझबाट पुल सञ्चालन आएको हो ।

गत बैशाख २९ गते अधिक भार बोकेको होंङसी सिमेन्टको ट्रकका कारण क्षति भएको गिरुवारी खोला पुलको आवश्यक मर्मत संभार पश्चात आज साँझ ६ बजेबाट यातायात सञ्चालमा आएको हो ।



सम्बन्धित
Loading...