नवलपुरमा रड प्रहार गरी श्रीमतीको हत्या




रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् ।

स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । तथापि उनले घटनाको अनुसन्धान भईरहेकोले अहिले नै यसै भन्न नसकिने बताए ।

हत्या गरिएको आरोपित दिलबहादुर थापा प्रहरी नियन्त्रणमा रहेको छ । प्रहरी उपरीक्षक ढकालले भने – म आफै घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भईरहेको छ ।

जमुना थापाको घटना स्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।



सम्बन्धित
Loading...