नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु

नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका १२, हर्कपुरस्थित पूर्व-पश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी नवलपुरको गैंडाकोट नगरपालिका १३ का ५८ वर्षीय कृष्ण कँडेलको मृत्यु भएको हो ।
दिल्लीबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७४६३ नम्बरको बसले बाटो काट्दै गरेको बाग्मती प्रदेश ०३–०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कँडेल गम्भीर घाइते भएका थिए ।
कँडेलको टाउकोमा चोट लागेपछि उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
