कपिलवस्तुमा अग्नि पिडितलाई राष्ट्रिय जनमोर्चाद्वारा राहत वितरण




राम अवतार चौधरी –

कपिलवस्तु, २४ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा अग्नि पिडितलाई राष्ट्रिय जनमोर्चाले शनिवार राहत वितरण गरेको छ । जिल्लाको पश्चिमी भेग विजयनगर गाउँपालिका गुगौलीमा अग्नि पिडित परिवारको जीवनयापन सहज होस् भनि राहत वितरण गरिएको हो ।




यही चैत्र महिनाको २१ गते आगलागी हुँदा २५ घर जलेर नष्ट भएका थिए । भने १४ वटा गोठ पनि जलेका थियो । पिडित परिवार अहिले खुल्ला आकाशमुनि बस्न बाध्य भएका पीडितलाई विभिन्न पार्टी सघ र संस्थाहरुले राहत वितरण गरेका छन् । यसै क्रममा राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाले पनि यही मिति २०७६–१२–२३ गतेका दिन अग्नि पीडितको गाउँमा गइ २५ घर परिवारलाई रु.५०० पाँच सय रुपैयाँका दरले नगद र साथै २–२ वटा कचौरा र साबुन वितरण गरेको छ ।

राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल सुनार, सचिव गोविन्द परियार, राजमो वडा न १ का अध्यक्ष प्रभु यादव, २ का अध्यक्ष हिरालाल तेली , ४ का अध्यक्ष विष्णु सुनार, ५ का अध्यक्ष खदेरु पासी, ६ अध्यक्ष पतेश्वरी यादव, र ७ का अध्यक्ष वीरेन्द्र कुमार चौधरी, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य केर सिंह अदैको उपस्थितिमा राहत वितरण गरिएको हो ।

राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका समितीले घर बनाउन काठको व्यवस्था, जस्ताको पाता लगायतको व्यवस्था र राहतको व्यवस्था मिलाउन गाउँपालिका र साझेदारी वन संग समेत पहल गर्न समेत राजमो जनाएको छ । साथै कोराना भाइरस देखि सावधान रहन, अलग –बस्ने , कसै संग सङ्घै नबस्ने, साबुन पानीले हात धोई रहने र माक्सको प्रयोग गरेर सजकता अपनाउन अनुरोध समेत राजमो कपिलवस्तुले जनाएको छ ।



सम्बन्धित
Loading...