नेकपाकाे संसदीय वैठकमा मन्त्री संसाद भनाभन, सरकारकाे चर्काे अालाेचना




काठमाडौँं :  लामो समयपछि बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दल बैठकमा सरकारको चर्को आलोचना भएको छ। बैठकमा सहभागी सांसदहरुले सरकार र मन्त्रीहरुको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका हुन्।

संसदीय दलको पहिलो दिनको बैठकमा बोलेका २९ जना सांसदमध्ये धेरैजसोले मन्त्रीहरुको कार्यशैली र बजेट निर्माणमा एकलौटी गरेको भन्दै चर्को आलोचना गरे।

सरकारको गति सुस्त भएका बेला छलफल नै नगरी ल्याइने विधेयकले झन् समस्या पारेको बताएका थिए। बैठकमा बोल्दै सांसद भीमबहादुर रावलले मन्त्रीहरुले बजेट बाँडफाँटमा मनपरी गरेको भन्दै चर्को आलोचना गरे।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको चर्को आलोचना गर्दै रावलले आलोचना गरेपछि तँ तँ र म मको अवस्था भएको हो ।



सम्बन्धित
Loading...