विप्लवका गोरखा इन्चार्ज र सेक्रेटरी पुनः पक्राउ


गोरखा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्ट पुनः पक्राउ परेका छन् ।



तनहूँ कारागारबाट धरौटीमा रिहा भएलगतै मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहूँले जनही २ हजार धरौटी रकम बुझाउन आदेश गरेपनि उनीहरुले इन्कार गरेपछि पुर्पक्षका लाग कारागार पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार तोकिएको धरौटी रकम बुझाएर छुटे लगतै तनहूँको प्रशासन कार्यालय परिसरबाटै उनीहरुलाई पुन पक्राउ गरिएको हो ।


सम्बन्धित
Loading...